बाबुआमाको दबाबमा गरेका थिए आमिर–किरणले बिहे
नयाँ दिल्ली । फिल्म निर्माता तथा निर्देशक किरण रावका फिल्महरू निकै राम्रा हुन्छन् । हालै रावको फिल्म लापता लेडीज रिलिज भएको थियो । फिल्मले निकै चर्चा पाइरहेको छ । फिल्म ओटीटीमा पनि रिलिज भइसको छ । फिल्मले समीक्षक र दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको छ ।
फिल्मको कहानी बिहे आसपास छ । यसैबिच किरणले आमिर खानसँगको बिहेबारे नयाँ नयाँ खुलासा गरेकी छिन् । आमिर र आफूले बाबुआमाको दबाबको कारण बिहे गरेको ‘सी द पिपल’सँगको कुराकानीमा रावले भनेकी छिन् । बिहे अघि दुवै एक वर्ष जति सँगै बसेका थिए । बाबुआमाको निरन्तरको दबाब थेग्न नसकेपछि आफूहरूले बिहे गरेको किरण बताउँछिन् ।
बिहेको मामिलामा विशेषगरी महिलालाई धेरै दबाब दिइने र यसबारेमा धेरै कुराकानी नहुने उनको भनाइ छ । अहिलेको जस्तो एकल परिवार व्यवस्था महिलाका लागि दबाबपूर्ण भएको उनको भनाइ छ । महिलामाथि घर चलाउने, छोराछोरी हुर्काउने र परिवारको एकता कायम राख्ने जिम्मेवारी हुने पनि उनले बताइन् ।
आमिर र किरणको भेट ‘लगान’को सेटमा भएको थियो । सन् २००५ मा दुबैले बिहे गरेका थिए । सन् २०२१ मा यो जोडीले सम्बन्ध विच्छेद गरे । यो जोडीको एक छोरा छन् । छुट्टिएको भएपनि दुबैबिच राम्रो सम्बन्ध कायमै छ । आमिर र किरण प्राय: साथमै देखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलका राष्ट्रपतिले नेयमारलाई ‘वर्क फ्रम होम’ खेलाडी भनेपछि...
-
निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
-
‘बाः एक योद्धा’ बुबाको मुख हेर्ने दिन पारेर भदौमा रिलिज हुने
-
यी मान्छेले खानै हुन्न काँचो प्याज
-
रास्वपाद्वारा २२ सदस्यीय महाधिवेशन निर्वाचन समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण