सभामुखले बैठक डाकेपछि गण्डकीमा कांग्रेस रुष्ट, बैठक बहिष्कार गर्ने
पोखरा । सभामुख कृष्ण धितालले संसद् बैठक डाकेका छन् । शुक्रबार बस्ने बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता टेबुल गर्ने कार्यसूची छ । सरकारकै आग्रहमा बैठक डाकिएको बताइएको छ ।
तर मुख्यमन्त्रीको विश्वासको मतमा असन्तुष्टि जनाउँदै कांग्रेसले सर्वोच्चमा दायर गरेको रिट उपर बहस चलिरहेको छ । मुद्दाको किनारा नलाग्दासम्म संसद् बहिष्कार गर्ने निर्णय यसअघि नै कांग्रेसले गरिसकेको छ ।
'मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्चले काम चलाऊ बनाएकै अवस्थामा बैठक सभामुखले असंवैधानिक तवरबाट बहुमत प्राप्त गरेको भनी घोषणा गरेको प्रक्रियाविरूद्ध नेपाली कांग्रेस संसदीय दलको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । सो रिटको संम्बन्धमा निरन्तर सुनवाई भईरहेको र २०८१ जेठ १४ गते अन्तिम सुनुवाइको चरणमा रहेको सर्वविदितै छ,' विज्ञप्ति मार्फत काँग्रेसले भनेको छ, 'कामचलाउ सरकारले अदालतको आदेशको अवहेलना हुने गरी प्रदेश सभा बैठक आह्वान गरी आगामी बजेटका सन्दर्भमा पूर्व छलफल गराउने कार्य प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर असहमति रहेको छ ।'
अदालतको अन्तिम आदेशपछि मात्र बैठक अघि बढ्ने प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए । मुद्दाको अन्तिम किनारा नलाग्दा सम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनै पनि कार्यमा नेपाली कांग्रेसको सहभागिता नरहने उनको भनाई छ । न्यौपानेले अदालतको आदेश विपरीतका काम गरे कांग्रेसलाई सह्य नहुन चेतावनी दिए ।
'अदालतको आदेश विपरीत कार्य गरेको गराईएमा नेपाली कांग्रेस संसदीय दललाई मान्य नहुने ब्यहोरा अवगत गराउँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार र आदेश उलङ्घन गर्ने पक्ष नै हुनेछ,' चेतावनीपूर्ण रूपमा कांग्रेसले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण