अमेरिकामा मान्छेमा बर्डफ्लु सङ्क्रमणको दोस्रो मामिला पुष्टि
वासिङ्टन डीसी । अमेरिकामा अर्का एक जना व्यक्तिमा पनि बर्डफ्लुको सङ्क्रमण देखिएको छ । अमेरिकामा बर्डफ्लुको सङ्क्रमण मानिसमा सरेको यो दोस्रो घटना हो ।
मिशिगनका एक किसानलाई सङ्क्रमण भएको जानकारी मिशिगन स्वास्थ्य तथा मानव सेवा विभाग (एमडीएचएचएस)ले दिएको छ । किसानलाई नियमित रूपमा बर्डफ्लु वा एभियन इन्फ्लुएन्जाको सम्पर्कमा आएको आशंका एमडीएचएचएसले गरेको छ ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार डेरीका कर्मचारी एच५एन१ संंक्रमित वस्तुभाउका सम्पर्कमा भएको बताइएको छ । बिरामीलाई अहिले निगरानीमा राखिएको छ । सङ्क्रमित व्यक्तिले आफ्नो लक्षणबारे स्थानीय स्वास्थ्य अधिकारीलाई जानकारी गराएका थिए । पीडितको नाकबाट र आँखाबाट परीक्षणका लागि दुई वटा नमुना लिइएको थियो । नाकको नमुना इन्फ्लुएन्जा भाइरस नेगेटिभ पाइयो । आँखाको नमुना परीक्षणबाट भने सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको स्वास्थ्य अवस्था अहिले ठिक रहेको बताएको छ ।
टेक्सासमा भेटिएका थिए पहिला सङ्क्रमित
यसअघि गएको अप्रिलमा अमेरिकाको टेक्सासमा पहिलो पटक मानिसमा बर्डफ्लुको सङ्क्रमण भेटिएको थियो । ती व्यक्ति पनि नियमित रूपमा बर्डफ्लुबाट सङ्क्रमित गाईवस्तुहरूको सम्पर्कमा थिए । ती पुरुषको पनि आँखाबाट लिइएको नमुनामा नेगेटिभ रिपोर्ट आएपछि नाकबाट लिइएको नमुनामा सङ्क्रमण देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण