खार्किभमा रुसी मिसाइल आक्रमण, कम्तीमा ६ जना हताहत
बिहीबार, १० जेठ २०८१, १७ : १६
किभ । रुसले उत्तरपूर्वी युक्रेनको खर्किभमा गरेको मिसाइल आक्रमणमा कम्तीमा पनि ६ जनाको मृत्यु भएको छ । एक दर्जनभन्दा धेरै घाइते भएको बताइएको छ । सो आक्रमणमा अरू २ जना बेपत्ता छन् ।
सो सहरका मानिसहरूलाई आश्रय स्थलहरूमा बस्न भनिएको छ । आक्रमणमा आफ्ना कयौँ भौतिक संरचनाहरूमा क्षति पुगेको र कयौँ कर्मचारी घाइते भएको युक्रेनको सरकारी रेल्वे कम्पनीले बताएको छ । प्लेटेनिभ्का र भोभ्चान्ष्क सहर नजिक लडाई चलिरहेको बताइएको छ ।
युक्रेनको हवाई रक्षाको अभावको फाइदा रुसले उठाइरहेको खार्किभमा भएको आक्रमणले उजागर गरेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भनेका छन् । जेलेन्स्कीले मित्र देशहरूसँग बारम्बार हवाई रक्षा मिसाइल र आधुनिक फाइटर जेट पठाउन अनुरोध गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण