आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

खार्किभमा रुसी मिसाइल आक्रमण, कम्तीमा ६ जना हताहत

बिहीबार, १० जेठ २०८१, १७ : १६
बिहीबार, १० जेठ २०८१

किभ । रुसले उत्तरपूर्वी युक्रेनको खर्किभमा गरेको मिसाइल आक्रमणमा कम्तीमा पनि ६ जनाको मृत्यु भएको छ । एक दर्जनभन्दा धेरै घाइते भएको बताइएको छ । सो आक्रमणमा अरू २ जना बेपत्ता छन् । 

सो सहरका मानिसहरूलाई आश्रय स्थलहरूमा बस्न भनिएको छ । आक्रमणमा आफ्ना कयौँ भौतिक संरचनाहरूमा क्षति पुगेको र कयौँ कर्मचारी घाइते भएको युक्रेनको सरकारी रेल्वे कम्पनीले बताएको छ । प्लेटेनिभ्का र भोभ्चान्ष्क सहर नजिक लडाई चलिरहेको बताइएको छ ।

युक्रेनको हवाई रक्षाको अभावको फाइदा रुसले उठाइरहेको खार्किभमा भएको आक्रमणले उजागर गरेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भनेका छन् । जेलेन्स्कीले मित्र देशहरूसँग बारम्बार हवाई रक्षा मिसाइल र आधुनिक फाइटर जेट पठाउन अनुरोध गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप