आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईंको भान्जा दाबी गर्ने चुँडाल बलात्कार आरोपमा पक्राउ

बिहीबार, १० जेठ २०८१, २१ : १७
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । बलात्कार आरोपमा प्रहरीले काठमाडौँको सुकेधाराबाट रविरत्न चुँडाललाई पक्राउ गरेको छ । पक्राउ परेका चुँडालले आफूलाई सामाजिक संजा युट्युबमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भाञ्जा दाबी गर्दै आएका थिए । 

झापा घर भएका चुँडाललाई ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरी वृत महाराजगञ्जमा उनीविरुद्ध बलात्कार कसुरमा जाहेरी दर्ता भएको छ । बुधबार पक्राउ परेका चुँडालले सुकेधारामा पसल संचालन गरेका छन् । उनी पसलबाट पक्राउ परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप