आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

शुक्रबार, ११ जेठ २०८१, ०७ : ०४
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्नेछ । 

बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ । 

राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्ने र पारितका लागि पनि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

नेपाली कांग्रेसले सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग अघि सार्दै सङ्घीय संसद्का दुवै सदनमा अवरोध गरेकोले आजको बैठक पनि प्रभावित हुने देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप