मोटरसाइकल दुघर्टनामा परे चेक गणतन्त्रका राष्ट्रपति
शुक्रबार, ११ जेठ २०८१, १२ : ०४
प्राग । चेक गणतन्त्रका राष्ट्रपति पेटर पावेल बिहीबार सडक दुर्घटनामा परेका छन् । तर उनलाई गम्भीर चोटपटक भने नलागेको बताइएको छ । पावेलले चलाइरहेको मोटरसाइकलको दुर्घटना भएको र उनलाई प्रागको एक अस्पतालमा भर्ना गरिएको राष्ट्रपति कार्यालयले एक्समा एक पोष्टमा भनेको छ ।
पावेललाई प्रागको सैन्य अस्पतालमा केही दिनसम्म भर्ना गरेर राखिने बताइएको छ । पावेललाई मोटरसाइकल चलाउने निकै शौख छ । उनी सवार मोटरसाइकल बन्द रेसिङ्ग सर्किटमा दुर्घटनाग्रस्त भएको थियो । त्यसैले यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको छैन । उनीसँग बीएमडब्ल्यू आर १२०० जीएस पनि छ ।
६२ वर्षका पावेल गएको वर्ष चेक गणतन्त्रको राष्ट्रपति भएका थिए । उनी उत्तर अटलान्टिक सन्धि सङ्गठन (नाटो)को पूर्व अध्यक्ष पनि हुन् । उनी सन् १९९० को दशकदेखि सन् २०१८ सम्म सेनामा थिए । पावेल सेवा निवृत्त जनरल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण