आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
सदन

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक जेठ १३ मा बस्ने

शुक्रबार, ११ जेठ २०८१, १२ : ५१
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । प्रतिपक्षी दलहरूको अवरोधका बिच शुक्रबारको नीति तथा कार्यक्रममाथिको छलफल बैठक प्रभावित हुन पुगेको छ । प्रमुख प्रतिपक्षीसहितका अन्य दलका सांसदहरूले बोल्ने समय माग गर्दै विरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठकमा शून्य समय र विशेष समय हटाइएको जानकारी गराएका थिए । 

प्रतिपक्षीले बोल्ने समय पाउनुपर्ने अडान राखेपछि सभामुख घिमिरेले आजको बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते ११ बजे बस्ने जानकारी सभालाई गराए । 

शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि दफावार छलफल कार्यक्रम रहेको थियो । यसका लागि दलगत प्रतिनिधित्व गर्दै बोल्नका लागि नाम टिपाउन सभामुख घिमिरेले यसअघि नै अनुरोध गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप