आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

गण्डकी संसद्‌मा राप्रपा पनि नजाने, प्रतिपक्षीविहिन संसद् चल्ला ?

शुक्रबार, ११ जेठ २०८१, १४ : २६
शुक्रबार, ११ जेठ २०८१

पोखरा ।  गण्डकी प्रदेशसभा बैठकमा राप्रपा पनि उपस्थित नहुने भएको छ । दलका नेता पञ्चराम गुरुङले पार्टीको केन्द्रीय समिति बैठक भएकोले संसद्‌मा उपस्थित हुन नसकिने बताए । 

‘पार्टीको केन्द्रीय समिति बैठक छ । हामी जाँदैनौँ,’ उनले भने । कांग्रेसले बैठक बहिष्कार गर्ने निर्णय सार्वजनिक गरिसकेको छ । 

मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते विश्वासको मत लिँदा बहुमत प्राप्त नगरेका भन्दै कांग्रेस सर्वोच्च पुगेको छ । सर्वोच्चमा विचाराधीन मुद्दा टुङ्गो नलाग्दासम्म सरकार र संसद्को कुनै पनि गतिविधिमा आफूहरू संलग्न नहुने प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए । 

बैठक आज ३ बजेका लागि डाकिएको छ । बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप