गण्डकी प्रदेश
गण्डकी संसद्मा राप्रपा पनि नजाने, प्रतिपक्षीविहिन संसद् चल्ला ?
शुक्रबार, ११ जेठ २०८१, १४ : २६
पोखरा । गण्डकी प्रदेशसभा बैठकमा राप्रपा पनि उपस्थित नहुने भएको छ । दलका नेता पञ्चराम गुरुङले पार्टीको केन्द्रीय समिति बैठक भएकोले संसद्मा उपस्थित हुन नसकिने बताए ।
‘पार्टीको केन्द्रीय समिति बैठक छ । हामी जाँदैनौँ,’ उनले भने । कांग्रेसले बैठक बहिष्कार गर्ने निर्णय सार्वजनिक गरिसकेको छ ।
मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते विश्वासको मत लिँदा बहुमत प्राप्त नगरेका भन्दै कांग्रेस सर्वोच्च पुगेको छ । सर्वोच्चमा विचाराधीन मुद्दा टुङ्गो नलाग्दासम्म सरकार र संसद्को कुनै पनि गतिविधिमा आफूहरू संलग्न नहुने प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।
बैठक आज ३ बजेका लागि डाकिएको छ । बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण