आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

काकाको हत्या गरेको आरोपमा भतिज पक्राउ

शुक्रबार, ११ जेठ २०८१, १५ : ००
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । हत्या आरोपमा प्रहरीले सल्यानबाट एक जनालाई पक्राउ गरेको छ । शारदा नगरपालिका–६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको हत्या आरोपमा भतिज डन राज विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

३१ वर्षीय डनराजले कुटपिट गरेर काकाको हत्या गरेका हुन् । जेठ ४ मा कुटपिटबाट गम्भीर घाइते भएका घनश्यामको कोहलपुर मेडिकल कलेजबाट उपचार पश्चात् घर फर्किदा बाटोमा नै मृत्यु भएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय सल्यानले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप