सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

कर्णालीका पूर्व मुख्यमन्त्रीले भने– सहकार्यमा मेरो गोरुको बाह्रै टक्का गर्न नखोजौँ

शुक्रबार, ११ जेठ २०८१, १६ : ५६
शुक्रबार, ११ जेठ २०८१

सुर्खेत । कर्णालीमा सत्तारुढ दलहरू नेकपा एमाले र नेकपा (माओवादी) केन्द्रबिच सहकार्यको वातावरण सहज तरिकाले अघि बढ्न नसकेको देखिएको छ । शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै माओवादी संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले उक्त कुराको सङ्केत गरेका हुन् । 

उनले सहकार्यमा ‘मेरो गोरुको बाह्रै टक्का गर्न नखोजौँ’ भन्दै त्यसो गरेको खण्डमा सहकार्य सम्भव नहुने पनि बताए । कर्णालीमा माओवादीको सहयोगमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री छन् । तर, कँडेलले सरकारका हरेकजसो विषयवस्तुबारे सत्तारुढ दललाई समेटेर जानुभन्दा एक्लै हिँड्ने प्रयास गरिरहेको चर्चा माओवादी वृत्तमा छ । 

पूर्व मुख्यमन्त्री शर्माले सहकार्यलाई व्यवहारमा अभिव्यक्त गर्न पनि आग्रह गरे । त्यसो गरेको खण्डमा मात्रै सहजता हुने उनको भनाइ थियो ।  ‘मेहनत गर्न धेरै छ र कसिलो सहकार्य गर्न जरुरी छ,’ मुख्यमन्त्री कँडेललाई लक्षित गर्दै उनले भने, ‘विश्वासको वातावरणमा मात्रै सहज तरिकाले अघि बढ्न सकिन्छ ।’

शर्माले संघीय र प्रदेश सरकारबिच तादम्यता नमिलेको बताउँदै त्यस्ता विषयमा सरकारले ध्यान दिएर अघि बढ्नुपर्ने बताए । साथै उनले म हैन हामीबाट भनेर सुरु गरे मात्रै कर्णालीको समृद्धि सम्भव भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप