इरानी रक्षामन्त्रीसहित नौ वटा संस्थामाथि ईयूको प्रतिबन्ध
काठमाडौं । युरोपियन युनियन ईयूमा आबद्ध देशका सरकारहरूले रुसलाई ड्रोन आपूर्ति गरेकोमा इरानका रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीलगायत नौवटा संस्थामाथि प्रतिबन्ध लगाएका छन् । रुसले युक्रेनविरुद्धको युद्धमा इरानबाट प्राप्त ड्रोन प्रयोग गरिरहेको छ ।
युरोपेली संघमा आबद्ध देशका राजदूतहरूबिचको ‘कोरिपर’ सम्झौतालाई आउँदो सोमबार ईयूका विदेशमन्त्रीहरूको बैठकले अनुमोदन गरेपछि सार्वजनिक गरिने जनाइएको छ ।
इरानका मानवरहित हवाई सवारी (युएभी) उत्पादन गर्ने नौवटा संस्थाहरूलाई प्रतिबन्ध गलाउने विषयमा सम्झौतामा समावेश गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
योसँगै इरानका रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीलाई पनि प्रतिबन्धको सूचीमा राखिएको छ । उनको यात्रामा प्रतिबन्ध, व्यक्ति र संस्थाको सम्पत्ति जफत गर्ने र सूचीबद्ध व्यक्ति तथा संस्थाहरूलाई आर्थिक स्रोत उपलब्ध गराउनेहरूलाई पनि प्रतिबन्धमा समावेश गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव