सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
पोथी लोभ्याउन घर बनाउँदै तोप चरा, तस्बिरहरू
फोटोफिचर

पोथी लोभ्याउन घर बनाउँदै तोप चरा, तस्बिरहरू

शनिबार, १२ जेठ २०८१

काठमाडौँ । शिल्प चराको रूपमा चिनिएको तोप चराले नलोभ्याउने कमै छन् । एक ठाउँबाट अर्को ठाउँ गएर घाँस, पराल र रेसाहरू ल्याएर गुँड बनाउँदै गरेको हेरेरै मानिसहरूले आफ्नो मन भुलाउन र मोहित भएर घण्टौँ बस्न सक्छन् । 

top chara (1)

‘कोटेरो’, ‘सुजेरो’, ‘बकेचो’ जस्ता नामले पनि चिनिने यो चरा उपयुक्त ठाउँमा गुँड बनाउन अडिने गर्छ । तराईमा पाइने तोप चराहरू गर्मी सुरु भएसँगै उकालो लाग्छन् । 

top chara (2)

यही समयमा काठमाडौँ उपत्यका वरपर यो चरा देखिने गर्छ । तोप चराको मुख्य आहार धान र गेडागुडी हो । त्यही भएर बालीनाली र पानी भएका पोखरीको छेउछाउमा यो बस्न रुचाउँछ । यी चरामा भालेहरूको टाउको र घाँटी वरिपरि पहेँलो हुन्छ । पोथी फुस्रा हुन्छन् ।

top chara (3)

काठमाडौँ उपत्यका आएपछि यिनीहरूको भाले चराको पहिलो र प्रमुख काम भनेको गुँड बनाउने हो । हरियो घाँस जम्मा पारेर यिनीहरूले चुच्चोको सहाराले कलात्मक पाराले गुँड बनाउने गर्छन् । झट्ट हेर्दा गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ । 

top chara (4)

भालेले गुँड बनाउन नसकेसम्म पोथीले हेरिरहन्छ । गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन । भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउनुपर्छ । पोथीलाई खुसी बनाउनका लागि पनि भालेले राम्रो र कलात्मक पाराको गुँड बनाउने गर्छन् ।

top chara (5)

खराब मौसम र शत्रुबाट गुँडलाई बचाउन हावामा तुर्लुङ्ग तुर्लुङ्ग हल्लिने बनाउँछन् । हाँगामा तुर्लुङ्ग झुन्डिने र हल्लिरहने हुनाले सर्प पनि हत्तपत्त पस्न सक्दैन । जुन भालेका गुँड सुन्दर छन्, पोथीले तिनै भाले ओगट्छन् । सुन्दर गुँड बनाउन नसक्ने कतिपय भाले त पोथी पनि पाउँदैनन् ।

top chara (6)top chara (7)top chara (8)top chara (9)top chara (10)top chara (11)top chara (12)top chara (13)top chara (14)top chara (15)top chara (16)top chara (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया