काठमाडौँ । शिल्प चराको रूपमा चिनिएको तोप चराले नलोभ्याउने कमै छन् । एक ठाउँबाट अर्को ठाउँ गएर घाँस, पराल र रेसाहरू ल्याएर गुँड बनाउँदै गरेको हेरेरै मानिसहरूले आफ्नो मन भुलाउन र मोहित भएर घण्टौँ बस्न सक्छन् ।
_ueeofMy1WQ.jpg)
‘कोटेरो’, ‘सुजेरो’, ‘बकेचो’ जस्ता नामले पनि चिनिने यो चरा उपयुक्त ठाउँमा गुँड बनाउन अडिने गर्छ । तराईमा पाइने तोप चराहरू गर्मी सुरु भएसँगै उकालो लाग्छन् ।
_eziEGDSaZv.jpg)
यही समयमा काठमाडौँ उपत्यका वरपर यो चरा देखिने गर्छ । तोप चराको मुख्य आहार धान र गेडागुडी हो । त्यही भएर बालीनाली र पानी भएका पोखरीको छेउछाउमा यो बस्न रुचाउँछ । यी चरामा भालेहरूको टाउको र घाँटी वरिपरि पहेँलो हुन्छ । पोथी फुस्रा हुन्छन् ।
_Gfxfh4FAol.jpg)
काठमाडौँ उपत्यका आएपछि यिनीहरूको भाले चराको पहिलो र प्रमुख काम भनेको गुँड बनाउने हो । हरियो घाँस जम्मा पारेर यिनीहरूले चुच्चोको सहाराले कलात्मक पाराले गुँड बनाउने गर्छन् । झट्ट हेर्दा गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ ।
_XPa53zgSoM.jpg)
भालेले गुँड बनाउन नसकेसम्म पोथीले हेरिरहन्छ । गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन । भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउनुपर्छ । पोथीलाई खुसी बनाउनका लागि पनि भालेले राम्रो र कलात्मक पाराको गुँड बनाउने गर्छन् ।
_882D2YSUIv.jpg)
खराब मौसम र शत्रुबाट गुँडलाई बचाउन हावामा तुर्लुङ्ग तुर्लुङ्ग हल्लिने बनाउँछन् । हाँगामा तुर्लुङ्ग झुन्डिने र हल्लिरहने हुनाले सर्प पनि हत्तपत्त पस्न सक्दैन । जुन भालेका गुँड सुन्दर छन्, पोथीले तिनै भाले ओगट्छन् । सुन्दर गुँड बनाउन नसक्ने कतिपय भाले त पोथी पनि पाउँदैनन् ।
_0sOouVJywa.jpg)
_zDWQTU1fdL.jpg)
_hwb1hRO54U.jpg)
_XCSaOg0olT.jpg)
_gPLgVVyK1T.jpg)
_w8VCmTDkeE.jpg)
_0gGG5w5VAg.jpg)
_sWjVeIijo6.jpg)
_CVSFZa4MQg.jpg)
_PUl5ZxawRE.jpg)
_pM7jevDTd4.jpg)
_r6HHkiykuL.jpg)
प्रतिक्रिया