सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

शनिबार, १२ जेठ २०८१, १६ : ०३
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । भोजपुर र पर्सामा हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ उनीहरू पक्राउ परेका हुन् ।  प्रहरीका अनुसार भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागी बस्ने ६३ वर्षीय राजकुमार राईलाई भरुवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय मणिप्रसाद राई पक्राउ परेका छन् । 

बाख्राले बाली खाएको विषयमा विवाद हुँदा मणिप्रसादले बन्दुक प्रहार गर्दा राजकुमारको घटनास्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो ।

त्यस्तै पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ प्रसौनी टोल बस्ने २२ वर्षीय सुवास हजरा दुसादलाई पनि प्रहरीले हत्या आरोपमा पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ५० वर्षीय ललाई हजरा दुसादलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

भैँसी चराउने क्रममा वादविवाद हुँदा सुवासले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका ललाई हजराको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।  इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप