हत्या गरेको अभियोगमा दुई जना पक्राउ
काठमाडौँ । भोजपुर र पर्सामा हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागी बस्ने ६३ वर्षीय राजकुमार राईलाई भरुवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय मणिप्रसाद राई पक्राउ परेका छन् ।
बाख्राले बाली खाएको विषयमा विवाद हुँदा मणिप्रसादले बन्दुक प्रहार गर्दा राजकुमारको घटनास्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो ।
त्यस्तै पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ प्रसौनी टोल बस्ने २२ वर्षीय सुवास हजरा दुसादलाई पनि प्रहरीले हत्या आरोपमा पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ५० वर्षीय ललाई हजरा दुसादलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
भैँसी चराउने क्रममा वादविवाद हुँदा सुवासले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका ललाई हजराको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण