सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

एमाले चितवनको ११ औँ जिल्ला अधिवेशनको उद्घाटन सत्र सकियो, दुई दिन बन्द सत्र चल्ने

शनिबार, १२ जेठ २०८१, १९ : ४७
शनिबार, १२ जेठ २०८१

चितवन । नेकपा (एमाले) चितवनको ११ औँ जिल्ला अधिवेशन सुरु भएको छ । अधिवेशनको उद्घाटन सत्रको आज एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे ।

ग्लोक्सी गार्डेन रिर्साेट लंकुमा सुरु भएको अधिवेशन १४ गतेसम्म चल्ने छ । प्रत्येक तीन वर्षमा जिल्ला अधिवेशन हुने गर्दछ । तर यसपालि चितवनको अधिवेशन दुई वर्ष चार महिनामै गरिएको हो ।

प्रत्येक वडा पार्टी कमिटी, जनवर्गीय संगठन जिल्ला कमिटी, सल्लाहकार परिषद्, निर्वाचन आयोग, लेखा आयोग, चितवन–काठमाडौँ सम्पर्क मञ्चबाट छानिएर आएका ५९० जना, जिल्ला कमिटी अर्थात् आयोजक कमिटी १४३ जना गरी ७३२ र मनोनीत २९ जना गरी कुल ७६१ जना अधिवेशनमा प्रतिनिधि भएर आएका छन् ।

सम्भव भए सर्वसम्मत र सर्वसम्मत नभए ती प्रतिनिधिले मतदान मार्फत आगामी नेतृत्व चयन गर्ने छन् । अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव दुई सहित १२० सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।

जिल्ला कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको छ । प्रतिनिधि पनि त्यसैअनुसार ल्याइएको एमाले चितवनले जनाएको छ ।

अधिवेशनका अवसरमा भूमिगतकालमा भूमिगत भएका पार्टी नेताहरूलाई आश्रय दिने सेल्टरदाता एवम् एमाले चितवनका अग्रज नेताहरूलाई सम्मान गरिएको छ ।

त्यसै गरी अधिवेशनकै अवसरमा अधिवेशन स्थलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी चितवन र राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप