सिटीसँग बदला लिँदै युनाइटेडलाई एफए कपको उपाधि
लण्डन । गत सिजनको फाइनलमा बेहोरेको हारको बदला लिँदै म्यानचेस्टर युनाइटेडले शनिबार चिरप्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराएर एफए कपको उपाधि जितेको छ । रोचक कुरा, गत सिजनको फाइनलमा १–२ गोल अन्तरले पराजित भएको युनाइटेडले उक्त स्कोरलाई उल्टाउँदै २–१ ले विजयी बनेको हो ।
खेलको ३० औँ मिनेटमा अलेहान्द्रो ग्रानाचोले युनाइटेडलाई अग्रता दिलाएका थिए । ३९ औँ मिनेटमा कोबी माइनोले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा सिटीले सुधारिएको खेल प्रदर्शन गर्दै युनाइटेडमाथि दबाब बढाएको थियो । गोलका लागि थुप्रै प्रयास गरे पनि टोली सफल भने हुन सकेको थिएन । खेलको अन्त्यतिर जेरेमी डोकुले सिटीका लागि एक गोल फर्काए पनि त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो ।
युनाइटेडले एफए कपको उपाधि जितेको यो १३ औँ पटक हो । युनाइटेडभन्दा आर्सनल (१४ पटक) ले मात्र धेरै पटक यो प्रतियोगिता जितेको छ । योसँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण