सिटीसँग बदला लिँदै युनाइटेडलाई एफए कपको उपाधि

लण्डन । गत सिजनको फाइनलमा बेहोरेको हारको बदला लिँदै म्यानचेस्टर युनाइटेडले शनिबार चिरप्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराएर एफए कपको उपाधि जितेको छ । रोचक कुरा, गत सिजनको फाइनलमा १–२ गोल अन्तरले पराजित भएको युनाइटेडले उक्त स्कोरलाई उल्टाउँदै २–१ ले विजयी बनेको हो ।
खेलको ३० औँ मिनेटमा अलेहान्द्रो ग्रानाचोले युनाइटेडलाई अग्रता दिलाएका थिए । ३९ औँ मिनेटमा कोबी माइनोले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा सिटीले सुधारिएको खेल प्रदर्शन गर्दै युनाइटेडमाथि दबाब बढाएको थियो । गोलका लागि थुप्रै प्रयास गरे पनि टोली सफल भने हुन सकेको थिएन । खेलको अन्त्यतिर जेरेमी डोकुले सिटीका लागि एक गोल फर्काए पनि त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो ।
युनाइटेडले एफए कपको उपाधि जितेको यो १३ औँ पटक हो । युनाइटेडभन्दा आर्सनल (१४ पटक) ले मात्र धेरै पटक यो प्रतियोगिता जितेको छ । योसँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा
-
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो, तस्बिरहरू
-
भक्तपुरको शङ्कर नेशनल स्कुलले मनायो दीक्षान्त समारोह
-
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
-
समाजवादी पार्टीकी सांसद प्रियासँग वैवाहिक बन्धनमा बाँधिदै क्रिकेटर रिंकु सिंह
-
रसियन कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्ता