बर्नेबाउमा क्रुसको अन्तिम खेल
आइतबार, १३ जेठ २०८१, १० : ३८
मड्रिड । संन्यासको घोषणा गरेका मिडफिल्डर टोनी क्रुसले स्यान्टियागो बर्नेबाउमा शनिबार अन्तिम खेल खेलेका छन् । ला रियल बेटिसविरुद्धको खेलमा ला लिगा च्याम्पियन रियल बराबरीमा रोकिएको हो ।
जर्मनी खेलाडीले युरो २०२४ पछि व्यावसायिक फुटबलबाट संन्यास लिने घोषणा गरिसकेका छन् । उनलाई दुवै टोलीका खेलाडीहरूले मैदानमा गार्ड अफ अनर दिएका थिए । ८६ औँ मिनेटमा उनलाई सब्सिटिच्युट गरिँदा पूरै स्टेडियम उभिएर तालीको गडगडाहटका साथ बिदाइ गरेको थियो ।
लस ब्याङ्कोससँग एक दशक बिताएका क्रुसले २२ वटा ट्रफी जितेका छन् । अब रियलले आगामी शनिबार हुने च्याम्पियन्स लिगको फाइनलमा आफ्नो ध्यान केन्द्रित गर्नेछ । १५ औँ युरोपियन उपाधि पछ्याइरहेको रियलले बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण