सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

हल पुगेर दर्शक प्रतिक्रिया लिँदै ‘पुजार सार्की’, व्यवसाय कस्तो ?

आइतबार, १३ जेठ २०८१, ११ : ५१
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘पुजार सार्की’को अहिलेसम्मको व्यवसाय सुखद देखिएको छ । फिल्मले बिहीबार र शुक्रबारको तुलनामा शनिवार अझै राम्रो व्यवसाय गरेको छ ।
फिल्मको शनिबार बिहानैदेखि देशभरका हलमा राम्रो दर्शक देखिएको हो । शनिबारका धेरै जसो शो हाउसफुल रहेको वितरक रोहित कट्टेलले बताए ।
शनिबार दिनभर ‘पुजार सार्की’का कलाकार भक्तपुरको क्यूएफएक्स सिनेमाज, एफक्युब सिनेमा चाबहिल, बिग सिनेमा, कमलपोखरी र अष्टनारायण हल बालाजु लगायत पुगेका थिए । शो क्रममा दर्शकले कलाकारसँग तस्बिर खिचाएर फिल्मको प्रतिक्रिया दिएका थिए ।
फिल्म प्रति दर्शकले देखाएको मायाले निकै खुसी लागेको अभिनेता प्रदीप खड्काले बताए । उनले हल भ्रमणका क्रममा दर्शकले आफूलाई फिल्मका चरित्र मैतबहादुर भनेर समेत जिस्काएको सुनाए ।
शनिवार नै फाइनल रहेको चर्चित रियालिटी शो ‘पोएट आइडल’मा पनि कलाकार कलाकार सहभागी भए ।  उक्त कार्यक्रममा अभिनेता प्रदीप खड्काले कविता समेत सुनाएका थिए ।
फिल्ममा प्रदीपको अलावा आर्यन सिग्देल, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बुलगायतको अभिनय छ ।  जातीय विभेदको विषयमा निर्माण भएको फिल्म दिनेश राउते निर्देशन गरेका हुन् । फिल्मका निर्माता सुवास भुसाल रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप