हल पुगेर दर्शक प्रतिक्रिया लिँदै ‘पुजार सार्की’, व्यवसाय कस्तो ?
काठमाडौँ । बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘पुजार सार्की’को अहिलेसम्मको व्यवसाय सुखद देखिएको छ । फिल्मले बिहीबार र शुक्रबारको तुलनामा शनिवार अझै राम्रो व्यवसाय गरेको छ ।
फिल्मको शनिबार बिहानैदेखि देशभरका हलमा राम्रो दर्शक देखिएको हो । शनिबारका धेरै जसो शो हाउसफुल रहेको वितरक रोहित कट्टेलले बताए ।
शनिबार दिनभर ‘पुजार सार्की’का कलाकार भक्तपुरको क्यूएफएक्स सिनेमाज, एफक्युब सिनेमा चाबहिल, बिग सिनेमा, कमलपोखरी र अष्टनारायण हल बालाजु लगायत पुगेका थिए । शो क्रममा दर्शकले कलाकारसँग तस्बिर खिचाएर फिल्मको प्रतिक्रिया दिएका थिए ।
फिल्म प्रति दर्शकले देखाएको मायाले निकै खुसी लागेको अभिनेता प्रदीप खड्काले बताए । उनले हल भ्रमणका क्रममा दर्शकले आफूलाई फिल्मका चरित्र मैतबहादुर भनेर समेत जिस्काएको सुनाए ।
शनिवार नै फाइनल रहेको चर्चित रियालिटी शो ‘पोएट आइडल’मा पनि कलाकार कलाकार सहभागी भए । उक्त कार्यक्रममा अभिनेता प्रदीप खड्काले कविता समेत सुनाएका थिए ।
फिल्ममा प्रदीपको अलावा आर्यन सिग्देल, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बुलगायतको अभिनय छ । जातीय विभेदको विषयमा निर्माण भएको फिल्म दिनेश राउते निर्देशन गरेका हुन् । फिल्मका निर्माता सुवास भुसाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण