संसदीय छानबिन समिति बनाउने बाटो खोल्न गृहमन्त्रीलाई शाहीको आग्रह
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन बाटो खुल्ला गर्न गृहमन्त्रीलाई आग्रह गरेका हुन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानबिन समिति बनाउन बाटो खुला गर्न आग्रह गरेका हुन् ।
उनले छानबिन समिति बनाउने सन्दर्भमा गृहमन्त्रीले नेतृत्व गर्नुपर्ने जिकिर गरे । उनले छानबिन समिति बनाउँदैमा दोषी र निर्दोष नहुने भन्दै निर्दोष भएमा पुनः गृहमन्त्रीको रूपमा आउन सकिने पनि बताए ।
उनले भने – ‘म गृहमन्त्रीलाई भन्न चाहन्छु तपाईं हामीलाई हेर्नुस्, जनताले हामीलाई भोट यिनै पुराना दलले काम गरेनन् भनेर यिनीहरूको विकल्पमा हालेका हुन् । गृहमन्त्रीज्यू छानबिन समिति बनाउन दिनुस् । खुला गरिदिनुस् । दोषी भए कारबाही होला । निर्दोष भए तपाई फेरी यही संसद्मा गृहमन्त्रीको रूपमा अगाडि आउनुहोला । तपाईंलाई कसले रोक्न सक्छ ? छानबिन समिति बनाउँदैमा दोषी र निर्दोष भन्ने कुरा हुँदैन ।’
उनले आज नयाँ शक्तिहरूले पनि नाक देखाउने ठाउँ नरहेको बताए । ‘के फरक भयो ? हामी एक छिन इतिहास सम्झौँ त । के थियो हाम्रो पार्टी संगठन ? कुन ठाउँमा हामी थियौँ ? जनताले यी पुराना दलहरूले गर्न सकेनन् । विकल्पको रूपमा उहाँहरू जानुपर्छ भनेका हुन् । तर अहिले संसद् बाधक बनेको छ । छानबिन समिति आवश्यक छ,’ उनले थपे, ‘गृहमन्त्रीज्यूलाई भन्छु, अस्ति यहाँनिर बस्दाखेरी गरेको बोली आज त्यहाँनिर बस्दाखेरीको बोली फरक हुनु भएन । छानबिन समिति बनाउनुपर्यो । गृहमन्त्रीले यसको नेतृत्व गर्नुपर्यो । छानबिन समिति बनाउनुपर्छ । जनतालाई न्याय दिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण