लक्ष्मी सनराइज बैंकद्वारा कपनमा सेवा विस्तार
आइतबार, १३ जेठ २०८१, १३ : ४२
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले काठमाडौँको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।
बुढानीलकण्ठ नगरपालिका-१०, कपनमा रहेका २ शाखामध्ये रुद्रमति चोकको शाखा सोही नगरपालिकाको वडा न. १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साबिकको रुद्रमति चोकको शाखाका ग्राहकहरूले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।
साथै, बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साबिक सनराइज बैंकको शाखा रहेको स्थान - औरही चोक (हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ । हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२९ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण