श्रीलङ्काको राजनीतिमा फर्किने तयारीमा राजापाक्ष
कोलम्बो । महिन्दा राजापाक्षले श्रीलङ्काको राजनीतिमा पुनरागमन गर्ने भएका छन् । पूर्व राष्ट्रपति तथा प्रधानमन्त्री समेत रहेका महिन्दा राजापाक्षको दल श्रीलङ्का पिपुल्स फ्रन्टले पुनरागमनको योजना बनाएको छ ।
पार्टीले आगामी निर्वाचनमार्फत राजनीतिमा फर्कने प्रयास गर्ने बताइएको छ । आइतबार उत्तर मध्य ग्रामीण शहर तालावामा राजापाक्षको पार्टीले सार्वजनिक र्यालीको आयोजना गर्दै छ ।
यो र्यालीको उद्घाटन महिन्दा राजापाक्षले गर्ने भएका छन् । राष्ट्रपति र संसदीय निर्वाचनको लागि पार्टीले तल्लो तहबाटै तयारी गर्न लागेको बताइएको छ ।
सुरुमा जुन चुनाव हुन्छ त्यसैका लागि पार्टीले तयारी गर्ने पार्टीका एक सदस्य तथा पूर्व मन्त्री समेत रहेका एस एम चन्द्रसेनाले भनेका छन् । बुधबार मात्रै राष्ट्रपति रनिल विक्रमेसिंघेले यही वर्ष संसदीय निर्वाचन अघि राष्ट्रपति निर्वाचन गर्ने बताएका थिए ।
श्रीलंकामा राजापाक्षको परिवारले लामो समयसम्म शासन गरेका छन् । प्रभावशाली पदमा राक्षपाक्ष दाजुभाइको जगजगी थियो । जताततै राजापाक्ष परिवारको प्रभाव देखिन्थ्यो । २०२२ मा श्रीलङ्का गम्भीर आर्थिक संकटमा फसेपछि स्थिति अनियन्त्रित बन्यो ।
देशको हालतको जिम्मेवार भन्दै जनताहरुरूले व्यापक विरोध प्रदर्शन गरे । यो जनविद्रोह थेग्न नसकेपछि महिन्दाका भाइ गोताबाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिए ।
त्यतिबेला महिन्दा प्रधानमन्त्री थिए भने उनका अर्का भाइ बसिल राजापाक्ष अर्थमन्त्री थिए । श्रीलङ्काको आर्थिक अवस्था बिस्तारै लयमा आउन लागेको छ । यस्तो राजपाक्ष पनि राजनीतिमा फर्किने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण