आँखा मिचिरहने बानी छ ?
क्वाललम्पुर । कोही मान्छेको बानी नाक कोट्याइरहने हुन्छ । कोही कान चलाइरहन्छन् भने कोही जतिबेला पनि आँखा मिचिरहन्छ ।
तपाई हामीले दिनहुँ यस्ता मानिसहरू देख्ने गरेका छौँ । तर कहिलेकाहीँ सामान्य घटना पनि ठुलो समस्याको कारण बन्न सक्छ । हामीले सामान्य ठानेको कुराले ठुलो खतरा निम्त्याउन सक्छ ।
मलेसियामा जतिबेला पनि आँखा मिचिरहने बानी भएका केटासँग पनि यस्तै भएको छ । अडिटी सेन्ट्रलमा आएको एक रिपोर्ट अनुसार मलेसियामा बस्ने एक केटालाई आँखा मिच्ने बानी थियो । एलर्जीका कारण सानैदेखि उनको आँखा चिलाइरहन्थ्यो । बेलाबेला रातो पनि हुन्थ्यो । १५ वर्षको उमेरमा उनको दाहिने आँखाको दृष्टि अलिकति धमिलो हुन थाल्यो । समयसँगै यो समस्या बढ्दै गयो । अन्ततः उनले डाक्टरकहाँ जँचाउन गए । लगातार आँखा मिच्ने बानीका कारण उनले कोर्निया नै कोतरे । यही कारणले गर्दा उनको एउटा आँखाको दृष्टि गुम्यो ।
जबिदीले यो घटनाबारे सामाजिक सञ्जालमा आफैंले पोष्ट पनि गरेका छन् । आँखा मिच्दा मिच्दै आँखा धमिलो हुन थालेको र २१ वर्ष पुग्दा कोर्नियामा कोतरिएर दाग बनेको उनले भनेका छन् । उनको आँखामा क्षतिग्रस्त कोर्निया फालेर नयाँ कोनिर्या प्रत्यारोपण गरिएको छ । यो शल्यक्रियापछि दाहिने आँखा बन्द रहनेछ । २ महिनापछि आँखाको पट्टी खोलिनेछ । आँखा पूरै निको हुन भने २ वर्ष लाग्ने बताइएको छ । जबिदीको यो पोष्ट अहिले मलेसियामा भाइरल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण