सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
सेयर बजार

२२.१४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

आइतबार, १३ जेठ २०८१, १५ : ४९
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । गत साता लगातार बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार २२.१४ अंकको गिरावट आएको छ । कारोबार खुल्दा सामान्य बढेपनि अन्तिम समयमा परिसूचक घटेर बन्द भएको हो । 

यससँगै नेप्से परिसूचक २१०९ अंकमा आएर रोकिएको छ । १.०३ प्रतिशतको गिरावट आउँदा आइतबार २९ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै २१५ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर छ । यसक्रममा आइतबार ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता सेयर किनबेच भयो ।

गत साताको ४ दिन लगातार बढ्दै नेप्से परिसूचक ११२ अंकभन्दा बढीले उकालो लागेको थियो । त्यसक्रममा २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । साताभर भएको नाफालाई लगानीकर्ताले ‘बुक’ गर्न खोज्दा परिसूचक घटेको देखिएको हो । आइतबार बिक्री खुलेदेखि नै ‘सेल प्रेसर’ देखियो ।

समग्र परिसूचक घटेपनि कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै सिटी होटलको सेयर मूल्य ८.२४ प्रतिशतले बढ्दा इन्फिनिटी लघुवित्त र विन नेपाल लघुवित्तको सेयर मूल्य क्रमशः ६.३६ प्रतिशत र ६.३५ प्रतिशतले घटेको छ ।

यसक्रममा आइतबार म्यूचुअल फण्ड समूह १८ अंकले बढ्यो । यसबाहेक होटल र टुरिजम समूहको सूचक १७७ अंकले बढेको छ । यी दुई समूहबाहेक कारोबारमा आएका सबै समूह घटे । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहमा १११ अंकको गिरावट आएको छ । यस्तै जीवन बीमा समूह ८३ अंकले घट्दा लघुवित्त समूह ८१ अंकले घटेको छ ।

image (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप