सार्वजनिक संस्थानहरूको नाफा बढ्यो, ४४ संस्थानबाट सरकारलाई १० अर्ब ४५ लाख लाभांश प्राप्त
काठमाडौँ । तुलनात्मक रूपमा गत आर्थिक वर्ष, २०७९/८० मा सार्वजनिक संस्थानहरूबाट सरकारले प्राप्त गर्ने लाभांश बढेको छ । लगानी अनुसार अझै प्रतिफल नमिले पनि आर्थिक वर्षमा ४४ वटा संस्थानहरूबाट १० अर्ब २५ लाख रुपैयाँ लाभांश प्राप्त गरेको सरकारले जनाएको हो ।
२०८० असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको सेयर लगानी ३ खर्ब ७९ अर्ब ७२ करोड १६ लाख र ऋण लगानी २ खर्ब ८१ अर्ब ३८ करोड ५८ लाख गरी कुल ६ खर्ब ६१ अर्ब १० करोड ७४ लाख पुगेको छ ।
२०७९ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको सेयर लगानी ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख र ऋण लगानी २ खर्ब ८९ अर्ब २४ करोड ९९ लाख गरी कुल ६ खर्ब १८ अर्ब १७ करोड ७५ लाख रुपैयाँ रहेको थियो । २०८० असारसम्ममा शेयर तथा ऋण लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.९४ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्षमा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २६ नाफामा र १५. नोक्सानीमा सञ्चालित थिए भने तीन बन्द अवस्थामा थिए । अघिल्लो आर्थिक वर्षमा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २५ नाफामा र १७ नोक्सानीमा सञ्चालित थिए ।
नाफामा सञ्चालन भएका संस्थानबाट आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारले १० अर्ब ४५ लाख लाभांश प्राप्त गरेको सरकारले आर्थिक सर्वेक्षण, २०८१ मार्फत सार्वजनिक गरेको छ ।
जबकि नाफामा सञ्चालन भएका संस्थानबाट अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सरकारले ६ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष ०७९/८० मा प्राप्त लाभांश ६२.५४ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षमा सार्वजनिक संस्थानको कुल सञ्चालन आयमा १४.८७ प्रतिशतले वृद्धि भई ६ खर्ब ६१ अर्ब १ करोड २९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा सार्वजनिक संस्थानको कुल सञ्चालन आय ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन र कुल सञ्चालन आयको अनुपात १२.२८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ११.६७ प्रतिशत रहेको थियो ।
१७ अर्ब ३९ करोड आयकर सङ्कलन
यस्तै समीक्षा वर्षमा सार्वजनिक संस्थानबाट १७ अर्ब ३९ करोड ४६ लाख आयकर प्राप्त भएको समेत सरकारले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा सार्वजनिक संस्थानबाट १४ अर्ब ३८ करोड १८ लाख रुपैयाँ आयकर प्राप्त भएको थियो ।
गत आर्थिक वर्षमा सङ्कलन भएको सङ्घीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट सङ्कलित आयकरको योगदान ६.९७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा सङ्कलन भएको सङ्घीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट सङ्कलित आयकरको योगदान ५.५९ प्रतिशत रहेको थियो ।
गत आर्थिक वर्षसम्म सार्वजनिक संस्थानको कोषमा व्यवस्था नभएको दायित्व ४७ अर्ब ३६ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा यस्तो दायित्व ५२ अर्ब ८७ करोड २ लाख पुगेको थियो । गत आर्थिक वर्षमा कोषमा व्यवस्था नभएको दायित्व आर्थिक वर्ष २०७८/७९ वर्षको तुलनामा ११.६३ प्रतिशतले वृद्धि भएको सरकारले जनाएको छ ।
गत आर्थिक वर्षमा सार्वजनिक संस्थानमा ३२ हजार १ सय ८० कर्मचारी कार्यरत रहेकोमा हाल यस्तो सङ्ख्या २९ हजार ७ सय ३६ मा झारिएको समेत सरकारले सर्वेक्षणमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण