सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

पपुआ न्यू गिनीमा गएको पहिरोमा ६७० जना पुरिएको आशंका

आइतबार, १३ जेठ २०८१, १६ : ३५
आइतबार, १३ जेठ २०८१

पोर्ट मोरेस्बी । पपुआ न्यू गिनीमा हालै गएको पहिरोमा कम्तिमा ६७० जना मानिस पुरिएको हुन सक्ने संयुक्त राष्ट्र संघका अधिकारीले बताएका छन् । 

पपुआ न्यूगिनीमा यूएनको बसाईसराई विगभा प्रमुख शेहरान अक्टोपार्कले यस्तो बताएका हुन् । शुक्रबार त्यहाँको दूर्गम एन्गा प्रान्तमा पहिरो गएको थियो । 

सो पहिरोको क्षति शुरुमा सोचिएको भन्दा निकै ठूलो रहेको बताइएको छ । पहिरोमा परेर १५० भन्दा धेरै घरहरू पुरिएको अक्टोपार्कको भनाइ छ । माटो खस्ने क्रम जारी रहेकोले उद्धारकर्मी समेत जोखिममा रहेको बताइएको छ । 

पहिरो प्रभावित क्षेत्रमा करीब ४ हजार मानिसहरू बस्थे । छिमेकी देशमा जातीय हिंसाबाट भागिरहेका मानिसहरूको आवागमनको कारण प्रभावितको संख्या अझै धेरै हुन सक्ने उद्धार प्रयासमा सघाइरहेको केयर अष्ट्रेलियाले बताएको छ ।

 स्थानी समयअनुसार शुक्रबार राति ३ बजे पहिरो गएको थियो । पहिरोमा परेर मर्नेको संख्या अझै थाहा नभएको र यकिन तथ्यांक आउन अझै समय लाग्ने केयर अष्ट्रेलियाका प्रवक्ताले बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप