पपुआ न्यू गिनीमा गएको पहिरोमा ६७० जना पुरिएको आशंका
पोर्ट मोरेस्बी । पपुआ न्यू गिनीमा हालै गएको पहिरोमा कम्तिमा ६७० जना मानिस पुरिएको हुन सक्ने संयुक्त राष्ट्र संघका अधिकारीले बताएका छन् ।
पपुआ न्यूगिनीमा यूएनको बसाईसराई विगभा प्रमुख शेहरान अक्टोपार्कले यस्तो बताएका हुन् । शुक्रबार त्यहाँको दूर्गम एन्गा प्रान्तमा पहिरो गएको थियो ।
सो पहिरोको क्षति शुरुमा सोचिएको भन्दा निकै ठूलो रहेको बताइएको छ । पहिरोमा परेर १५० भन्दा धेरै घरहरू पुरिएको अक्टोपार्कको भनाइ छ । माटो खस्ने क्रम जारी रहेकोले उद्धारकर्मी समेत जोखिममा रहेको बताइएको छ ।
पहिरो प्रभावित क्षेत्रमा करीब ४ हजार मानिसहरू बस्थे । छिमेकी देशमा जातीय हिंसाबाट भागिरहेका मानिसहरूको आवागमनको कारण प्रभावितको संख्या अझै धेरै हुन सक्ने उद्धार प्रयासमा सघाइरहेको केयर अष्ट्रेलियाले बताएको छ ।
स्थानी समयअनुसार शुक्रबार राति ३ बजे पहिरो गएको थियो । पहिरोमा परेर मर्नेको संख्या अझै थाहा नभएको र यकिन तथ्यांक आउन अझै समय लाग्ने केयर अष्ट्रेलियाका प्रवक्ताले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण