महिलामाथि जबरजस्ती गर्ने ३ जना पक्राउ
आइतबार, १३ जेठ २०८१, १९ : ४८
पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकबाट महिलामाथि जबरजस्ती गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बागलुङ जैमिनी नगरपालिका ८ बस्ने २८ वर्षीय भीम थापा, सोही ठाउँका ३१ वर्षीय डोलनाथ पौडेल र २९ वर्षका तेज हमाल छन् ।
पोखराका पर्यटकहरू रमाइलो गरिरहेको ठाउँमा पुगेर उनीहरुले महिलालाई जबरजस्ती नाच्न लगाएर अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । होटल सञ्चालक र कर्मचारीले समेत सम्झाउँदा नमानेर बियरको बोतल र लाठीले प्रहार गर्दै घाइते बनाएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ५ दिन म्याद थपेर अनुसन्धान थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण