नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीको मानव बेचबिखन ब्युरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको जिरी घर भएर मित्र पार्कमा रेस्टुरेन्ट एन्ड बार सञ्चालन गर्ने २५ वर्षीय मञ्जु भन्ने सृजना खनाल घिसिङ र नुवाकोट घर भएकी २६ वर्षीय रमिला नेपाली उर्फ निशा छन् ।
सृजनाले सञ्चालन गरेको मित्रपार्क स्थित स्वागतम रेस्टुरेन्ट एन्ड बारबाट ३ जना नाबालिकाहरुको उद्धार गरिएको ब्युरोका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । जागिर दिने लोभमा नाबालिकहरुलाई ल्याएर उनीहरुले रेस्टुरेन्टमा खाजा खान आउने ग्राहकसँग यौन सम्पर्क गर्न बाध्य बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
निशा रेस्टुरेन्टमा मेनेजरको भूमिकामा थिइन् । आरोपीहरुबिरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण