गाजाको शरणार्थी शिविरमा हवाई हमला, कम्तीमा ५० जनाको मृत्यु

गाजा । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले रफाह नजिकैको शरणार्थी शिविरमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ । मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन् ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्षित गरी हवाई हमला गरेको पुष्टि गरेको छ। उसले घटनाको समीक्षा भइरहेको बताएको छ ।
अघिल्लो दिन हमासले रफाहबाट तेल अभिभतर्फ आठवटा रकेट प्रहार गरेको थियो, जुन जनवरीदेखि सहरमा पहिलो लामो दूरीको आक्रमण थियो ।
दक्षिणी गाजा पट्टीबाट प्राप्त भिडियोहरूले ठुलो विस्फोट र भीषण आगो जलिरहेको देखाउँदछ। हमासले इजरायली हवाई हमलाले विस्थापित प्यालेस्टाइनीहरूको लागि रफाहको उत्तर-पश्चिममा रहेको शिविर, सैन्य कारबाहीबाट टाढा एक निर्दिष्ट मानवीय सुरक्षित क्षेत्रमा, मा आक्रमण गरेको बताएको छ ।
संयुक्त राष्ट्रसंघले आक्रमण सुरु भएदेखि नै रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टाइनीहरू भागेको जनाएको छ । गाजाको अन्यत्र लडाइँबाट करिब १५ लाखले त्यहाँ आश्रय लिएका थिए ।
हमासको नेतृत्वमा बन्दुकधारीहरूले अक्टोबर ७ मा इजरायलमा हमला गरेपछि गाजामा इजरायलको सैन्य अभियान सुरु गरेको थियो । जसमा करिब १,२०० व्यक्तिको मृत्यु भयो भने २ सय ५२ जनालाई गाजामा बन्धक बनाएर लगिएको थियो ।
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता इजरायली सैन्य कारबाहीमा करिब ३६,००० प्यालेस्टाइनी मारिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला