गाजाको शरणार्थी शिविरमा हवाई हमला, कम्तीमा ५० जनाको मृत्यु
गाजा । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले रफाह नजिकैको शरणार्थी शिविरमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ । मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन् ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्षित गरी हवाई हमला गरेको पुष्टि गरेको छ। उसले घटनाको समीक्षा भइरहेको बताएको छ ।
अघिल्लो दिन हमासले रफाहबाट तेल अभिभतर्फ आठवटा रकेट प्रहार गरेको थियो, जुन जनवरीदेखि सहरमा पहिलो लामो दूरीको आक्रमण थियो ।
दक्षिणी गाजा पट्टीबाट प्राप्त भिडियोहरूले ठुलो विस्फोट र भीषण आगो जलिरहेको देखाउँदछ। हमासले इजरायली हवाई हमलाले विस्थापित प्यालेस्टाइनीहरूको लागि रफाहको उत्तर-पश्चिममा रहेको शिविर, सैन्य कारबाहीबाट टाढा एक निर्दिष्ट मानवीय सुरक्षित क्षेत्रमा, मा आक्रमण गरेको बताएको छ ।
संयुक्त राष्ट्रसंघले आक्रमण सुरु भएदेखि नै रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टाइनीहरू भागेको जनाएको छ । गाजाको अन्यत्र लडाइँबाट करिब १५ लाखले त्यहाँ आश्रय लिएका थिए ।
हमासको नेतृत्वमा बन्दुकधारीहरूले अक्टोबर ७ मा इजरायलमा हमला गरेपछि गाजामा इजरायलको सैन्य अभियान सुरु गरेको थियो । जसमा करिब १,२०० व्यक्तिको मृत्यु भयो भने २ सय ५२ जनालाई गाजामा बन्धक बनाएर लगिएको थियो ।
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता इजरायली सैन्य कारबाहीमा करिब ३६,००० प्यालेस्टाइनी मारिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण