सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

सोमबार, १४ जेठ २०८१, ११ : ०३
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर कारोबारमा आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजो आइतबारको तुलनामा मूल्य ३०० रुपैयाँले बढेर कारोबार सुरु भएको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० रुपैयाँ कायम छ । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १८ सय ८० रुपैयाँ पुगेको छ । हिजो आइतबार १८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँ बढेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप