बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?
सोमबार, १४ जेठ २०८१, ११ : ०३
काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर कारोबारमा आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजो आइतबारको तुलनामा मूल्य ३०० रुपैयाँले बढेर कारोबार सुरु भएको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० रुपैयाँ कायम छ । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा १८ सय ८० रुपैयाँ पुगेको छ । हिजो आइतबार १८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँ बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण