महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर गाउँपालिका
दमौली । तनहुँको बन्दीपुरका महिलालाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाइसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिकाद्वारा गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रममार्फत महिलालाई ढाकाको कपडा बुन्ने तालिम प्रदान गरेको हो ।
महिलालाई व्यावसायिक बनाउँदै आयआर्जनसँग जोड्ने दुईमहिने ढाकाको कपडा बुनाइ तालिम सुरु गरिएको छ । गाउँपालिकाले महिलाको जीवनस्तर उकास्न विभिन्न सीप प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष पञ्चमाया गुरुङले बताइन् ।
उनले भनिन्, “गत स्थानीय तहको निर्वाचनमा हामी निर्वाचित भएर आएपछि यहाँका महिलालाई लक्षित गरी विभिन्न प्रकारका सीपमूलक तालिम सञ्चालन हुँदै आएको छ, ढाकाको कपडा बुनाइ पनि सोही अन्तर्गतको हो ।” महिला दक्ष बन्नुपर्ने जनाउँदै गुरुङले दक्ष भए अरुको भरपर्न नपर्ने बताइन् । उनले भनिन्, “महिलालाई आत्मनिर्भर बनाउन उहाँहरुकै रुचि र मागअनुसारका तालिम सञ्चालन गर्छौं, आइतबारदेखि ढाकाको कपडा बुन्ने तालिम सुरु भएको छ ।”
तालिमका क्रममा ढाकाको धागोमार्फत टोपी, सल, पछ्यौरा, हाते झोला र खादाजस्ता सामग्री उत्पादन गर्न सिकाइनेछ । सहभागीलाई चार तानमार्फत ढाकाका विभिन्न सामान उत्पादन गर्नका लागि प्रशिक्षण दिइएको उद्यम विकास सहजकर्ता टीका आलेमगरले बताए । तालिममा सात महिलाको सहभागिता छ ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले तालिमका नाममा तालिम दिने मात्र नभई प्रयोगमा ल्याउँदै आर्थिक पाटोमा जोडिन आग्रह गरे । उनले भने, “तालिमलाई व्यावहारिकरुपमा उतार्न सकिए आत्मनिर्भर बन्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला, तालिम लिइसकेपछि पनि त्यस्ता महिलालाई के सहयोग गर्न सकिन्छ हामी गछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण