लागु औषध र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । लागु औषध खैरो हेरोइन मुद्दाका फरार प्रतिवादी भिमदत्त नगरपालिका-२ उल्टाखाम बस्ने लोकेश शाहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुर जिल्ला अदालतको २०७९ पुस २८ गतेको फैसलाले उक्त मुद्दामा ४ महिना १० दिन कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेस गरेकोमा कैद सजाय भुक्तानको लागि कारागार चलान गरिएको छ ।
यता बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी राप्तिसोनारी गाउँपालिका-५ बस्ने ३६ वर्षीय असोक कुमार थारूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
बाँके जिल्ला अदालतको २०७६ चैत ४ गते, २०७८ भदौ २४ गते र २०८० कात्तिक २१ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष १५ दिन कैद र १२ लाख ७५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि बाँके जिल्ला अदालतमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण