२१ सयभन्दा बढी नयाँ फार्मेसी दर्ता
सोमबार, १४ जेठ २०८१, १४ : ३९

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म २१ सयभन्दा बढी नयाँ फार्मेसी दर्ता भएका छन् । आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार आर्थिक वर्षको फागुनसम्म २१ सय २६ नयाँ फार्मेसी दर्ता र ११ हजार फार्मेसी नवीकरण भएका हुन् ।
चालु आर्थिक वर्षको फागुनसम्म मुलुकभर २९ हजार २ सय ७७ फार्मेसी दर्ता भएका छन् । औषधि आयातकर्ता अनुमति प्राप्त गर्ने प्रतिष्ठानको सङ्ख्या १८५ रहेको सर्वेक्षणमा उल्लेख छ ।
यस्तै, चालु आर्थिक वर्षको फागुनसम्म एलोपेथी ३, आयुर्वेदिक ४ र भेटेरिनरी १ गरी ८औषधि उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा एलोपेथी ५, आयुर्वेदिक १ र भेटेरिनरी १ गरी ७ उद्योग दर्ता भएका भएका थिए ।
नेपालमा हालसम्म १३७ औषधि उद्योग दर्ता भएका छन् । कुल औषधि उद्योगमध्ये एलोपेथी ८१, आयुर्वेद ४८ र भेटेरिनरी ८ रहेको सर्वेक्षणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन