२१ सयभन्दा बढी नयाँ फार्मेसी दर्ता
सोमबार, १४ जेठ २०८१, १४ : ३९
काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म २१ सयभन्दा बढी नयाँ फार्मेसी दर्ता भएका छन् । आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार आर्थिक वर्षको फागुनसम्म २१ सय २६ नयाँ फार्मेसी दर्ता र ११ हजार फार्मेसी नवीकरण भएका हुन् ।
चालु आर्थिक वर्षको फागुनसम्म मुलुकभर २९ हजार २ सय ७७ फार्मेसी दर्ता भएका छन् । औषधि आयातकर्ता अनुमति प्राप्त गर्ने प्रतिष्ठानको सङ्ख्या १८५ रहेको सर्वेक्षणमा उल्लेख छ ।
यस्तै, चालु आर्थिक वर्षको फागुनसम्म एलोपेथी ३, आयुर्वेदिक ४ र भेटेरिनरी १ गरी ८औषधि उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा एलोपेथी ५, आयुर्वेदिक १ र भेटेरिनरी १ गरी ७ उद्योग दर्ता भएका भएका थिए ।
नेपालमा हालसम्म १३७ औषधि उद्योग दर्ता भएका छन् । कुल औषधि उद्योगमध्ये एलोपेथी ८१, आयुर्वेद ४८ र भेटेरिनरी ८ रहेको सर्वेक्षणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण