नेप्से ३.९३ अंकले बढ्यो, ३ अर्ब ८९ करोडको कारोबार
सोमबार, १४ जेठ २०८१, १५ : ४४
काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ३.९३ अंकले बढ्दै २१ सय १३.२७ अंकमा उक्लिएको छ । अघिल्लो दिन २२ अंकमाथिले घटेको बजारमा सोमबार केही अंकको सुधार आएको हो ।
उसो त अघिल्लो दिन ४ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएकोमा सोमबार घटेर ३ अर्ब ८९ करोडमा झरेको छ ।
सोमबार बैंकिङ, होटल तथा पर्यटन र नन् लाइफ इन्स्योरेन्सको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक धनात्मकम भएका छन् ।
२४७ कम्पनीको सेयर कारोबार हुँदा सोमबार १४९ कम्पनीको मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ । बाँकी ८ कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
सोमबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वाइरिङ्गहाउस कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले बढको छ भने बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण