मङ्गलबार, ०४ असार २०८१
ताजा लोकप्रिय

नेप्से ३.९३ अंकले बढ्यो, ३ अर्ब ८९ करोडको कारोबार

सोमबार, १४ जेठ २०८१, १५ : ४४
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ३.९३ अंकले बढ्दै २१ सय १३.२७ अंकमा उक्लिएको छ । अघिल्लो दिन २२ अंकमाथिले घटेको बजारमा सोमबार केही अंकको सुधार आएको हो । 

उसो त अघिल्लो दिन ४ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएकोमा सोमबार घटेर ३ अर्ब ८९ करोडमा झरेको छ । 

सोमबार बैंकिङ, होटल तथा पर्यटन र नन् लाइफ इन्स्योरेन्सको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक धनात्मकम भएका छन् । 

२४७ कम्पनीको सेयर कारोबार हुँदा सोमबार १४९ कम्पनीको मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ । बाँकी ८ कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

सोमबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वाइरिङ्गहाउस कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले बढको छ भने बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप