६ वर्षीय बालक निर्भीक तीन महिनादेखि बेपत्ता
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–८ का विजय तामाङ र सम्झना तामाङको ६ वर्षीय छोरा निर्भीक तामाङ बेपत्ता भएको झन्डै चार महिना पुग्न लागेको छ । अहिलेसम्म उनको अवस्था अज्ञात छ ।
प्रदेशसभा सांसद रमेशकुमार बस्नेतले बालकको खोजी गर्न सबैको ध्यानाकर्षण गराएका छन् । कोशी प्रदेशसभाको सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै बस्नेतले बालकको खोजीमा बाल संरक्षणको क्षेत्रमा काम गर्ने संस्था, मानवअधिकारवादी संस्थाहरूलाई पहल गर्न आग्रह पनि गरे ।
‘सामाजिक सञ्जाल, प्रदेश प्रहरी, सुनसरी प्रहरीसँग पनि हारगुहार गर्दा अचम्मै भयो भनेर जवाफ पाउने गरेको छ । तर, बालकको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी आएको छैन,’ बस्नेतले भने, ‘जनप्रतिनिधिको पहल के हुन्छ भन्ने कुरा परिवारको छ । त्यस्तो अवस्थामा ती बालकको आमाको अवस्था के भएको होला ?’
इलामको रोड गाउँपालिका–२ स्थित मावली घरमा विवाह समारोहमा गएका उनी माघ २५ गतेदेखि बेपत्ता भएका हुन् । निर्भीक धरानको युरिका बोर्डिङ स्कुलमा एलकेजीमा अध्ययनरत थिए ।
निर्भीक बेपत्ता भएपछि तामाङ परिवार चिन्तामा रहेको छ । निर्भीकका परिवारले भने निर्भीककै काकी हजुरआमा पर्ने दिलमाया तामाङले पसलमा नातिलाई चकलेट खुवाउन लान्छु भनेर लगेको र बेपत्ता पारेको आरोप लगाएको छ । गहुँगोरो वर्णको अन्दाजी ३ फिट उचाइका बालक निर्भीकले कालो कलरको ट्रयाक र सुन्तला कलरको जम्पर लगाएका थिए । बालकको खोजी कार्यमा सहयोग गर्न परिवारले लामो समयदेखि सबै पक्षलाई अपिल गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण