ओलम्पिक छनोट : अन्जनीकी प्रतिद्वन्द्वी विनी
सोमबार, १४ जेठ २०८१, २१ : २८
काठमाडौँ । बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा नेपालकी अन्जनी तेलीले हङकङकी विनी औ यिन यिनसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । महिला ५४ केजीको राउन्ड अफ ३२ मा अन्जनी तेलीले विनीसँग मंगलबार प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका हुन् ।
थाइल्यान्डको बैंककमा भइरहेको प्रतियोगितामा नेपालबाट ३ खेलाडी सहभागी छन् । २ खेलाडीको चुनौती समाप्त भइसकेको छ । पुरुष ५१ केजीमा नेपालका चन्द्र थापा मगर कोलम्बियाका हर्नी मार्टिनेज तथा पुरुष ६३.५ केजीमा नेपालका प्रकाश इजाम लिम्बू बोलिभियाका मारिया जोस नुनेजसँग पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण