सरकार फेरिने भएपछि गण्डकीको संसद् बैठक स्थगित
मङ्गलबार, १५ जेठ २०८१, ०९ : १८
पोखरा । बजेटको प्राथमिकता र सिद्धान्त संसदमा टेबुल गर्ने गरी डाकिएको गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गरी आज १ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको छ ।
यसअघि प्रदेश सभाको बैठक जेठ ११ गते बसेको थियो । बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्न भनेर बोलाइएको बैठक प्रतिपक्षी सांसदहरू अनुपस्थित भएपछि ५ मिनेट बसेर स्थगित भएको थियो ।
सामान्य अवस्थामा बजेट पेस हुनुभन्दा १५ दिन अगावै बजेटको प्राथमिकता र सिद्धान्त सदनमा पेस गर्नुपर्ने हुन्छ । प्रदेशको बजेट असार १ गते ल्याउनुपर्ने प्रावधान छ । तर राजनीतिक उथलपुथलले प्रदेशको बजेट अलपत्र परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण