विपक्षी दलको बैठक
कांग्रेसले बजेट पेश गर्न दिने देखियो : चित्रबहादुर केसी
मङ्गलबार, १५ जेठ २०८१, ११ : ०२
काठमाडौँ । मंगलबार बिहान बसेको विपक्षीको दलको बैठक सकिएको छ । नयाँ बानेश्वरमा बसेको नेपाली कांग्रेससहितका विपक्षी दलको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी रहेका थिए ।
सरकारले आजै ल्याउने बजेका सन्दर्भमा छलफल भएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । उनका अनुसार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई जोगाउन सत्तापक्ष लागेको देखिएकोबारे छलफल भएको छ ।
‘सत्तापक्ष रवि लामिछानेलाई जोगाउने पक्षमा लागेको देखियो । त्यसमा कांग्रेस पनि लत्रिएको जस्तो देखियो’, केसीले भने, ‘बजेट ल्याउन दिनेजस्तो कांग्रेसको बुझाई देखियो । आजको संसद् बैठक कांग्रेसले अवरोध नगर्ने जस्तो बुझियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण