विपक्षी दलको बैठक
कांग्रेसले बजेट पेश गर्न दिने देखियो : चित्रबहादुर केसी
मङ्गलबार, १५ जेठ २०८१, ११ : ०२

काठमाडौँ । मंगलबार बिहान बसेको विपक्षीको दलको बैठक सकिएको छ । नयाँ बानेश्वरमा बसेको नेपाली कांग्रेससहितका विपक्षी दलको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी रहेका थिए ।
सरकारले आजै ल्याउने बजेका सन्दर्भमा छलफल भएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । उनका अनुसार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई जोगाउन सत्तापक्ष लागेको देखिएकोबारे छलफल भएको छ ।
‘सत्तापक्ष रवि लामिछानेलाई जोगाउने पक्षमा लागेको देखियो । त्यसमा कांग्रेस पनि लत्रिएको जस्तो देखियो’, केसीले भने, ‘बजेट ल्याउन दिनेजस्तो कांग्रेसको बुझाई देखियो । आजको संसद् बैठक कांग्रेसले अवरोध नगर्ने जस्तो बुझियो ।’