कांग्रेस संसदीय दलको बैठक
कांग्रेसले भन्यो – आज ४ बजे संसदीय समिति गठनको सहमति संसदबाट पारित हुन्छ
मङ्गलबार, १५ जेठ २०८१, ११ : ४२
नेपाली कांग्रेसले सहकारी ठगीमाथि छानबिन गर्न आजै संसदीय समिति गठन हुने जनाएको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चाकर्मीसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले आजै समिति गठन हुने बताए । ‘आज चार बजे बस्ने प्रतिनिधिसभा बैठकमा कार्यादेशसहित संसदीय समिति गठनको सहमति पारित हुन्छ,’ उनले भने ।
सोमबार साँझ बालुवाटारमा सत्ता पक्ष र कांग्रेसबिच संसदीय छानबिन समितिको कार्यादेशबारे सहमति जुटेपछि आज ७ सदस्यीय छानबिन समिति गठन हुन लागेको छ । कांग्रेसले आजै दिउँसो ३ बजे संसदीय समितिमा बस्ने सदस्यको नाम टुङ्गो लगाउने लेखकले बताए ।
साढे ११ बजेबाट कानुन मन्त्रालयमा कार्यादलको बैठक बसेर छानबिन समितिको कार्यादेशलाई अन्तिम रुप दिने छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण