कांग्रेस संसदीय दलको बैठक
कांग्रेसले भन्यो – आज ४ बजे संसदीय समिति गठनको सहमति संसदबाट पारित हुन्छ
मङ्गलबार, १५ जेठ २०८१, ११ : ४२

नेपाली कांग्रेसले सहकारी ठगीमाथि छानबिन गर्न आजै संसदीय समिति गठन हुने जनाएको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चाकर्मीसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले आजै समिति गठन हुने बताए । ‘आज चार बजे बस्ने प्रतिनिधिसभा बैठकमा कार्यादेशसहित संसदीय समिति गठनको सहमति पारित हुन्छ,’ उनले भने ।
सोमबार साँझ बालुवाटारमा सत्ता पक्ष र कांग्रेसबिच संसदीय छानबिन समितिको कार्यादेशबारे सहमति जुटेपछि आज ७ सदस्यीय छानबिन समिति गठन हुन लागेको छ । कांग्रेसले आजै दिउँसो ३ बजे संसदीय समितिमा बस्ने सदस्यको नाम टुङ्गो लगाउने लेखकले बताए ।
साढे ११ बजेबाट कानुन मन्त्रालयमा कार्यादलको बैठक बसेर छानबिन समितिको कार्यादेशलाई अन्तिम रुप दिने छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त सदस्य सचिवद्वारा पदभार ग्रहण, खेलकुद विकासमा डटेर लाग्ने प्रतिबद्धता
-
सुदूरपश्चिम प्रदेशको स्वास्थ्यबारे बजेट अस्पष्ट
-
प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित
-
होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ
-
आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै
-
‘आवश्यकताका आधारमा आयोजना छनोट गर्नुपर्नेमा राजनीतिक पहुँचको आधारमा गरियो’