रोनाल्डोको नाममा अर्को कीर्तिमान
काठमाडौँ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रिमियर लिगमा अर्को कीर्तिमान बनाएका छन् । अल नासर र अल ईत्तिहादबिच सोमबार राति खेलिएको खेलसँगै रोनाल्डोले यस्तो कीर्तिमान बनाएका थिए ।
उक्त खेलमा अल नासरका लागि रोनाल्डोले दुई गोलको योगदान गरेका थिए । सोही कारण अल नासरले अल ईत्तिहादलाई ४–२ गोलले हराएको थियो । रोनाल्डो यो सिजनको साउदी व्यावसायिक लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पहिलो स्थानमा छन् ।
साउदी व्यावसायिक लिगमा यो सिजन रोनाल्डोले ३५ गोल गरिसकेका छन् । उनी साउदी प्रिमियर लिगको इतिहासमा एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । ३९ वर्षीय रोनाल्डोले अब्देररजाक हमदल्लाहको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।
अब्देररजाक हमदल्लाहले सन् २०१८÷१९ सिजनको साउदी व्यावसायिक लिगमा ३४ गोल गरेका थिए । पोर्चुगिज स्ट्राइकर रोनाल्डोले अल नासरका लागि हालसम्म विभिन्न प्रतियोगितामा ६९ खेल खेल्दै कुल ६४ गोल गरिसकेका छन् ।
रोनाल्डो सन् २०२३ को जनवरीमा अल नासरमा आबद्ध भएका थिए । त्यसअघि उनी इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्थे । रोनाल्डोले आफ्नो २२ वर्ष लामो सक्रिय खेलजीवनमा गरेको गोल सङ्ख्या भने सात सय ६५ पुगेको छ ।
पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनबाट ब्यसवायिक खेलजीवन सुरु गरेका रोनाल्डोले अल नासर र म्यानचेस्टर युनाइटेडका अतिरिक्त स्पेनिस पावर हाउस रियल म्याड्रिड र इटालियन क्लब युभेन्ट्सबाट पनि व्यावसायिक खेल खेलिसकेका छन् ।
यी महान खेलाडीले राष्ट्रिय टोलीबाट पनि दुई सय ६ खेल खेल्दै कीर्तिमानी रुपमा एक सय २८ गोल गरिसकेका छन् । आफ्नो पछिल्लो खेलमा विजयी भएपछि अल नासरले जारी सिजनको लिग अङ्क तालिकाको दोस्रो स्थानमा रहेर टुङ्ग्याउने पक्का भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण