पाकिस्तानमा ५२ डिग्री सेल्सियसमाथि पुग्यो तापमान
मङ्गलबार, १५ जेठ २०८१, १३ : ५२
इस्लामावाद । पाकिस्तानमा गर्मी बढेर ५२ डिग्री सेल्सियसमाथि पुगेको छ । दक्षिणी प्रान्त सिन्धमा सोमबार तापक्रम ५२ डिग्रीभन्दा माथि उक्लिएको थियो ।
सोमबार सिन्धमा तापमान ५२ दशमलव २ डिग्री सेल्सियस (१२६ डिग्री फरेन्हाइट) रेकर्ड भएको मौसम विभागका एक वरिष्ठ अधिकारीले बताएका थिए ।
जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिबिच पछिल्लो समय एसियाभर नै गर्मी खपी नसक्नु भएको छ । यसअघि सन् २०१७ मा पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलोचिस्तानको तर्बत सहरमा तापमान ५४ डिग्री सेल्सियस (१२९ दशमलव २ डिग्री फरेनहाइट)को कीर्तिमानी स्तरमा उक्लिएको थियो ।
यो एसियामा रेकर्ड भएको अहिलेसम्मकै दोस्रो उच्च तापक्रम थियो भने विश्वको चौथो उच्च तापक्रम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण