पाकिस्तानमा ५२ डिग्री सेल्सियसमाथि पुग्यो तापमान
मङ्गलबार, १५ जेठ २०८१, १३ : ५२

इस्लामावाद । पाकिस्तानमा गर्मी बढेर ५२ डिग्री सेल्सियसमाथि पुगेको छ । दक्षिणी प्रान्त सिन्धमा सोमबार तापक्रम ५२ डिग्रीभन्दा माथि उक्लिएको थियो ।
सोमबार सिन्धमा तापमान ५२ दशमलव २ डिग्री सेल्सियस (१२६ डिग्री फरेन्हाइट) रेकर्ड भएको मौसम विभागका एक वरिष्ठ अधिकारीले बताएका थिए ।
जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिबिच पछिल्लो समय एसियाभर नै गर्मी खपी नसक्नु भएको छ । यसअघि सन् २०१७ मा पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलोचिस्तानको तर्बत सहरमा तापमान ५४ डिग्री सेल्सियस (१२९ दशमलव २ डिग्री फरेनहाइट)को कीर्तिमानी स्तरमा उक्लिएको थियो ।
यो एसियामा रेकर्ड भएको अहिलेसम्मकै दोस्रो उच्च तापक्रम थियो भने विश्वको चौथो उच्च तापक्रम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै
-
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घट्यो
-
प्रतिस्पर्धात्मक खेलमा सान होजेसँग बराबरीमा रोकियो मेस्सी आबद्ध इन्टर मियामी
-
गैरआवासीय नागरिकतासम्बन्धी ऐन संशोधन गर्ने प्रमुख दलको प्रतिबद्धता
-
संवैधानिक नियुक्ति विवाद : आज बार पूर्वअध्यक्ष घिमिरे र खड्कासहितले बहस गर्ने
-
गर्मीसँगै बढ्यो खरबुजा व्यापार (तस्बिरहरू)