सरकारको प्राथमिक्तामा जलविद्युत : अर्थमन्त्रीले गरे यस्ता घोषणा
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रसारणलाईनमा ९०० मेगावाट बिजुली थपिने प्रक्षेपण गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट भाषण गर्दै आगामी वर्ष ९०० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाईनमा जोडिने लक्ष्य सुनाएका हुन् ।
यससँगै आगामी वर्ष नेपालको कूल जडित क्षमता ४ हजार मेगावाटभन्दा माथि पुग्ने छ । हाल नेपालको कूल जडित क्षमता साढे ३ हजार मेगावाट आसपास छ । यस्तै प्रतिव्यक्ति विद्युत् खपत ४५० युनिट पुर्याउने, बंगलादेशमा बिजुली निर्यात, जलाशययुक्त बाँध र यी सबै योजनामा निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्ने नीति सरकारको छ ।
यसका लागि बुढीगण्डकी, दुधकोसी र नलसिंगाढ जस्ता जलाशययुक्त आयोजनाको निर्माण सुरु गर्ने अर्थमन्त्रीको भनाई छ । वैदेशिक रोजगारीमा रहेका युवाको समेत लगानीमा दुई वटा आयोजनाको निर्माण अघि बढाउने उनको घोषण छ ।
यस्तै जलविद्युतमा जनताको लगानी कार्यक्रम मातहत आयोजना अघि बढाउने, १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन सुरु गर्ने सरकारको घोषणा छ । ऊर्जा उत्पादनलाई विविधीकरणलाई प्रोत्साहन गर्न निजी क्षेत्रको लगानीमा १०० मेगावाट सोलार परियोजना अघि बढाउने र हाइड्रोजनमा लगानी प्रोत्साहन गर्ने अर्थमन्त्रीको घोषणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण