बजेट भाषण
गाई भैँसीको नश्ल सुधारका लागि ३८ करोड विनियोजन
मङ्गलबार, १५ जेठ २०८१, १५ : ४३
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले गाई भैँसी नश्ल सुधारका लागि ३८ करोड र भ्याक्सिन उत्पादनका लागि ४० करोड रुपैयाँ विनियोजन गरेका छन् ।
मंगलबार अर्थमन्त्री पुनले संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै स्वदेशमै बढी दुध उत्पादन गर्ने पशुको विकासका लागि गाई र भैँसीमा नश्ल सुधारका लागि ३८ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।
पशुपक्षीको रोग नियन्त्रण गर्नका लागि आगामी वर्ष ५ करोड डोज खोप उत्पादन गरिने बताए । आगामी ३ वर्षभित्र पिपिआर र स्वाइन फ्लू रोग उन्मूलन गर्ने गरी निःशुल्क खोप सञ्चालन गर्ने बताए । खोरेत रोग उन्मूलन गर्न खोप अभियान सञ्चालन गर्ने बताए । खोप उत्पादन गर्नका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण