आगामी वर्ष थप ४ लाख ४५ हजार जनसङ्ख्यामा खानेपानीको पहुँच पुर्याउने
काठमाडौँ । सरकारले सुनकोसी मरिन तथा सुनकोसी–कमल मरिनबाट आयोजनाबाट तराईका ८ जिल्लामा खानेपानी पुर्याउन सम्भाव्यता अध्ययन गर्ने भएको छ । यस्तै नारायणी नदीबाट चितवन र भेरी बबईबाट कोहलपुर र नेपालगन्ज लगायतका स्थापनामा थोक वितरण प्रणालीबाट पानी वितरण गर्न सम्भाव्यता अध्ययन गर्ने अर्थमन्त्रीले घोषणा गरे ।
भक्तपुरको महादेवखोला तथा गुल्मीको कंकी देउरालीमा जलाशययुक्त खानेपानी आयोजनाको काम अघि बढाइने भएको छ । ३७ करोड लिटर फोहोर पानी प्रशोधन क्षमताको धोवीघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने समेत सरकारको योजना छ ।
मधेस, कर्णाली र सुदूरपश्चिममा खानेपानी सरसफाइ तथा प्रशोधन सुरु गर्ने योजना अघि बढेको छ । आगामी वर्ष खानेपानी विस्तार सुविधाबाट ४ लाख ४५ हजार थप जनसङ्ख्या लाभान्वित हुने सरकारको आङ्कलन छ । अर्थ मन्त्रालयले खानेपानी मन्त्रालयका लागि २६अर्ब ६३ करोड विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण