कांग्रेसले भन्यो– बजेट व्यापारीको सेटिङमा आयो
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेट व्यापारीको प्रभावमा परेर आएको बताएका छन् । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेपछि कांग्रेस प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले व्यापारीको सेटिङमा स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाइएको आरोप लगाए ।
‘व्यापारीको सेटिङको प्रभावमा आलु, प्याज र स्वायमाथिको भ्याट हटाउने काम भयो,’ उनले भने ।
यस्तै स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाएर स्वदेशी उत्पादन बढ्छ भन्नु सिँधै झुटो कुरा भएको उनको भनाइ छ । ‘हामीले आन्तरिक उत्पादनमा होइन भन्सारमा कर लगाउने भनेको थियौँ । भन्सारमा भ्याट लगाउँदा बाहिरबाट आउने उत्पादन महँगो हुन्छ र स्वदेशी उत्पादन प्रतिस्पर्धी हुन्छ भनेर लगाइएको थियो । त्यो हटाएपछि आन्तरिक उत्पादनले कसरी प्रतिस्पर्धा गर्छ ,’ महतले भने ।
सरकारले आफ्ना समर्थकहरूको क्षेत्रमा बजेट यथेस्ट विनियोजन गरेको भन्दै पुराना धेरै आयोजना अलपत्र हुने पूर्वअर्थमन्त्री महतले बताए । यद्यपि ठुलो बजेट बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चाहनामा केही ब्रेक लागेको उनले बताए । ‘तर,पनि यो वास्तविकताभन्दा माथि छ । उहाँहरूले सुधारको प्रारम्भ गर्छौँ भन्नु भएको छ । बजेटरी प्रक्रियामा सुधारका केही पनि कुरा उल्लेख छैनन् । सबैभन्दा ठुलो बजेटमा जे बेथिति थियो । त्यसलाई हामीले कार्यविधि बनाएर ३ करोडभन्दा तलको आयोजना नराख्ने भनेका थियौँ । त्यसमा उहाँ मौन हुनुहुन्छ,’ महतले भने ।
३ करोडको कार्यविधिलाई वर्तमान सरकारले तिलाञ्जली दिइसकेको उनको बुझाइ छ । ‘यी कुराहरू हिँड्न छन् । सुधारको बाटोमा जाँदैछौँ भन्नु भएको छ । सुधार कहाँ गर्दै हुनुहुन्छ केही पनि थाहा छैन । बजेटरी सुधार हुने कुनै छनक देखेको छैन । बजेटका वितरणमुखी विषयवस्तु छोपिएको छ । कृषि क्षेत्रमा उत्पादनमा आधारित अनुदान दिने कुरा गरेका थियौँ । त्यो उहाँहरूले छोडिसक्नु भएको छ,’ उनले भने ।
वर्तमान सरकारको कार्यशैलीबाट विदेशी लगानी आउने सम्भावना रहेको महतले बताए । ‘हामीले धेरै आर्थिक वृद्धि हुन्छ भनेर नहौसिनुहोस् भनेका थियौँ । यद्यपि ६ प्रतिशत आर्थिक वृद्धिदर हुने सम्भावना छैन । सरकारले ६ प्रतिशत भन्नै हुँदैन भन्न मिल्दैन,’ उनी भन्छन् ।
बजेटमा उल्लेख भएका विषयबाट परिणाम आउने अवस्था नरहेको उनको भनाइ छ । ‘बनेटरी स्टिमलाई अनुशासनमा ल्याउने बाटोमा हामी जान खोजेका थियौँ । त्यो बाटोलाई अवरुद्ध गर्नु भएको छ । त्यसले नेपाल ठुलो अप्ठ्यरोमा पर्छ ,’ महतले भने । यो बजेट धेरै उत्साहित हुने ठाउँ नरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण