बजेटमा कला र साहित्य : फिल्म स्टुडियो निर्माणदेखि प्रतिलिपि अधिकार संरक्षणसम्म
काठमाडौँ । सरकारले काभ्रेको बनेपामा चलचित्र छायांकनका लागि स्टुडियो निर्माण कार्य सुरु हुने भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै बनेपामा चलचित्र छायांकनका लागि स्टुडियो निर्माण कार्य सुरु हुने बताएका हुन् ।
बजेटमा अर्थमन्त्री पुनले दोलखा चलचित्र नगरी निर्माणका लागि निजी तथा साझेदारी अभियान समेत अगाडि बढाउने बताएको छ । बनेपामा स्टुडियो बनाउन हालै जिल्ला वन कार्यालयले चलचित्र विकास बोर्डलाई जग्गाको स्वामित्व प्रदान गरेको थियो ।
गत वर्षको बजेटमा पनि सरकारले काभ्रेको बनेपामा बन्ने स्टुडियो र दोलखाको फिल्म सिटी सम्बोधन गरेको थियो ।
त्यस्तै यस वर्षको बजेटमा सरकारले भाषा, साहित्य, दर्शन, संस्कृति, कला, सङ्गीत, नाट्यलगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गर्ने समेत बताएको छ ।
बजेटमा प्रतिलिपि अधिकारको संरक्षण र नियमन समेत उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण