चीनमा विदेशी ब्रान्डको स्मार्टफोनको बिक्री ५२ प्रतिशतले बढ्यो
बेइजिङ । चीनमा विदेशी ब्रान्डका स्मार्टफोन बिक्रीमा उच्च वृद्धि देखिएको छ । अप्रिलमा त्यहाँ विदेशी ब्रान्डका ३९ लाख ९५ हजार थान स्मार्टफोन बिक्री भएको छ ।
बिक्रीका यो आकार वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशत बढी हो । गएको वर्ष सोही महिनाको बिक्री २३ लाख १ हजार थान मात्रै रहेको चीन सरकारसम्बद्ध बजार अनुसन्धाता संस्था ‘चाइना एकेडेमी अफ इन्फर्मेशन एन्ड कम्युनिकेशन टेक्नोलोजी’ (सीएआईसीटी)ले मंगलबार सार्वजनिक गरेको डेटाले देखाएको छ ।
डेटामा स्पष्ट रूपमा एप्पलको बिक्री सङ्ख्या दिइएको छैन । तर त्यहाँको विदेशी स्मर्टफोन बजारमा एप्पलको पकड राम्रो छ । महँगो खालका स्मार्टफोनको श्रेणीमा हुवावेईजस्ता घरेलु स्मार्टफोन निर्माता कम्पनीहरूसँग चर्को प्रतिस्पर्धाका कारण पछिल्लो समय चीनमा एप्पलको बिक्री घटिरहेको थियो । बिक्रीमा आएको कमी उल्ट्याउने कम्पनीले आक्रामक छुट अभियान चलाएकोले मेमा बिक्री बढेको हुन सक्ने बताइएको छ ।
वर्षको पहिलो २ महिनामा एप्पलको बिक्री ३७ प्रतिशतले घट्दा मार्चमा भने बिक्री १२ प्रतिशतले बढेको थियो । अप्रिलमा समग्रमा चीनमा २ करोड २७ लाख थान स्मार्टफोन बिक्री भएको सीएआईसीटीको डेटाले देखाएको छ । बिक्रीको यो आकार गत वर्षको सोही अवधिको भन्दा २५ दशमलव ५ प्रतिशत बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण