इजरायली ट्याङ्कहरूद्वारा रफाहको अल-अवदा कब्जा
गाजा । इजरायली ट्याङ्कहरूले रफाहको अल-अवदा कब्जा गरेका छन्। रफाहका स्थानीय पत्रकारहरूले यसको पुष्टि गरेका छन्। अल-अवदालाई रफाह सहरको मुटु भनिन्छ र बैंक, सरकारी संस्था र व्यापारको दृष्टिकोणबाट धेरै महत्त्वपूर्ण छ।
इजरायली सेनाले प्यालेस्टाइन-इजिप्ट सीमाको दक्षिणी भागमा करिब आधा किलोमिटर क्षेत्र कब्जा गरेको हो । सहरको पश्चिमी भागमा रहेको एमिराती अस्पतालमा आफ्नो परिवारसँग आश्रय लिएका एक स्थानीयले सैनिकहरूले भवनहरूमाथि कब्जा गरेका छन् र आवतजावत गर्नेमाथि गोली हानिरहेका छन्।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली आक्रमणमा गत २४ घण्टामा ४६ प्यालेस्टाइनीको मृत्यु भएको र ११० जना घाइते भएको बताएको छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३६,०९६ प्यालेस्टाइनीको मृत्यु भएको छ।
इजरायली सेनाले रफाह सहरबाहेक उत्तरी र मध्य गाजामा पनि सैन्य कारबाही गर्ने पुष्टि गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण