बालकविता : बाबा
बुधबार, १६ जेठ २०८१, १० : ४१
फाटेको लुगा लगाउने मेरो बाबा ।
तर, नयाँ नाना किनिदिने मेरै बाबा ।।
पहिलो शिक्षक मेरो बाबा ।
ज्ञान दिने पनि मेरै बाबा ।।
बाबाले मलाई निडर बनाउनु भो ।
बाबाले नै मलाई असल बनाउनु भो ।।
कोखाइ–कोखाइ भनी खाना खुवाउनु भो ।
ताते–ताते भनी हिँड्न सिकाउनु भो ।।
मेरै लागि पसिना बगाउनु भो ।
मेरै खुसीका लागि घर सजाउनु भो ।।
मेरा पीडा आफ्नै मान्नु भो ।
चोटपटक लाग्दा मायाले सुमसुम्याउनु भो ।।
मेरो हार हुँदा नरोऊ भनी फकाउनु भो ।
मलाई सधैँ स्वस्थ खाना खुवाउनु भो ।।
केही गल्ती हुँदा राम्रोसँग सम्झाउनु भो ।
मेरा सामान हराउँदा खोजिदिनु भो ।।
मेरा दुःख जति पर सारिदिनु भो ।
मेरै लागि सधैँ हारिदिनु भो ।।
बाबा भए म तर्न सक्छु ठूलै जंघार
बाबा तिमी नै मेरो प्यारो संसार ।।
०००
लेबोरेटरी माध्यमिक विद्यालय, कीर्तिपुर
कक्षा ५
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण