आईएमडीबीको टप सयको सूचीको सबैभन्दा माथि दीपिका
नयाँ दिल्ली । आईएमडीबीले यस वर्षको सर्वाधिक लोकप्रिय भारतीय स्टारहरूको सूची निकालेको छ । सूचीको शीर्ष स्थानमा अभिनेत्री दीपिका पदुकोण छिन् ।
यो वर्ष दीपिकाका लागि निकै राम्रो देखिएको छ । अभिनेत्रीका कयौँ फिल्म हलमा आउँदैछन् । उनी आमा बन्दैछिन् । सूचीको शीर्ष १० मा बलिउडका तीनै खान पनि परेका छन् ।
अरू को–को छन् शीर्ष १० मा
सूचीको सबैभन्दा अगाडि दीपिका पादुकोण छिन् । दोस्रो स्थानमा बलिउड बादशाह शाहरुख खान, तेस्रो स्थानमा ऐश्वर्या राय बच्चन, चौथो स्थानमा आलिया भट्ट छन् ।
पाँचौं स्थानमा स्वर्गीय अभिनेता इरफान खान छन् भने छैटौँ स्थानमा मिस्टर परफेक्शनिस्ट आमिर खान छन् । स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूत सातौँ स्थानमा छन् ।
सलमान खानको नाम सूचिको आठौँ स्थानमा छ । ऋतिक रोशन नवौँ र अभिनेता अक्षयकुमार दशौं स्थानमा छन् । आईएमडीबीले विश्वभर पेज भ्युका आधारमा श्रेणी निर्धारण गर्ने गरेको छ ।
दीपिकाका आगामी फिल्म
यस वर्ष दीपिकाको दमदार अभिनय रहेको कल्की २८९८ एडी, सिंघम अगेन जस्ता ब्लकबस्टर फिल्म हलमा आउँदैछ । कल्की साइन्स फिक्शन एक्सन फिल्म हो ।
यसमा दीपिकाको साथमा प्रभास, अमिताभ बच्चन र दिशा पटानी मुख्य भूमिकामा देखिनेछन् । रोहित शेट्टीको कप युनिभर्सको आगामी फिल्म ‘सिंघम अगेन’ मा पनि उनको बहुप्रतिक्षित फिल्म हो ।
यसमा उनी महिला प्रहरी शक्ति शेट्टीको भूमिकामा देखिँदैंछिन् । फिल्ममा अजय देवगन र दीपिका पदुकोणबाहेक अर्जुन कपुर, रणवीर सिंह र टाइगर श्रफ पनि महत्त्वपूर्ण भूमिकामा देख्न पाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण