गण्डकी प्रदेश
सर्वोच्चको पत्र प्रदेश प्रमुख कार्यालयमा पुग्यो, शपथको तयारी
बुधबार, १६ जेठ २०८१, १३ : १०
पोखरा ।सर्वोच्च अदालतको फैसलापछिको पत्र बुधबार गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पुगेको छ ।
पत्र कार्यालयमा दर्ता भैसकेको र अध्ययन भैरहेको बताइएको छ । इमेलमार्फत् चिठी प्राप्त भएको र प्रदेश प्रमुखले अध्ययन गरेको प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए । प्रदेश प्रमुखले निर्देशन दिने वित्तिकै सर्वोच्चको परमादेशअनुसार शपथको कार्यक्रम तय गरिने उनको भनाइ छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा समेत पदभार ग्रहणको तयारी गरिएको छ । सर्वोच्चले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।
प्रदेश प्रमुखको कार्यालयमा सर्वोच्चको पत्र नआइपुगेका कारण नियुक्ति र शपथको समय भने तोकिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण