गण्डकी प्रदेश
सर्वोच्चको पत्र प्रदेश प्रमुख कार्यालयमा पुग्यो, शपथको तयारी
बुधबार, १६ जेठ २०८१, १३ : १०

पोखरा ।सर्वोच्च अदालतको फैसलापछिको पत्र बुधबार गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पुगेको छ ।
पत्र कार्यालयमा दर्ता भैसकेको र अध्ययन भैरहेको बताइएको छ । इमेलमार्फत् चिठी प्राप्त भएको र प्रदेश प्रमुखले अध्ययन गरेको प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए । प्रदेश प्रमुखले निर्देशन दिने वित्तिकै सर्वोच्चको परमादेशअनुसार शपथको कार्यक्रम तय गरिने उनको भनाइ छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा समेत पदभार ग्रहणको तयारी गरिएको छ । सर्वोच्चले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।
प्रदेश प्रमुखको कार्यालयमा सर्वोच्चको पत्र नआइपुगेका कारण नियुक्ति र शपथको समय भने तोकिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु
-
सुनचाँदी व्यवसायीहरूको प्रदर्शन जारी, तस्बिरहरू
-
बजेटमा सांसद्हरूको व्यापक असन्तुष्टि, बचाउमा सत्तापक्ष
-
‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’
-
सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए
-
सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियो : प्रकाश ज्वाला